कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी

ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ब्रासिलिया, १२ कात्तिक : ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताउनुभएको छ । यसअघि वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणको निर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।

पैँतालिस वर्षीय बोल्सोनारो बुधबार मियामी नजिकै निजी विमानबाट अमेरिका पुग्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य भएको धारणा दोहो¥याए पनि बोल्सोनारोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताउनुभएको छ ।

फ्लेभियोका पिता तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि परिणाम उल्ट्याउने प्रयासमा असफल हुनुभएको थियो । उहाँ अहिले घरमै नजरबन्दमा हुनुहुन्छ ।

फ्लेभियोले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहनुभएको छ । संसदीय संरक्षणको अवधि सकिन लाग्दा उहाँलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उहाँ अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुग्नुभएको बताइएको छ । अमेरिकी गृह सुरक्षा विभागले उहाँको परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानूनअनुसार प्रवेश अनुमति पाएको जनाएको छ ।

लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ बताउँदै आफ्नो देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने टिप्पणी गर्नुभएको थियो । यद्यपि, ब्राजिलका कानून कार्यान्वयन अधिकारीहरूले बुधबार बोल्सोनारोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इनम सापकोटासँग कुनै चिनजान र सम्पर्क छैन : प्रधानन्यायाधीश शर्मा
२०८३ कार्तिक १२, बिहिबार
अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
२०८३ कार्तिक १२, बिहिबार
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
२०८३ कार्तिक १२, बिहिबार
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार