कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

पत्रकार पक्राउ घटनाले प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति नलिइएको र अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ।

‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो। समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरिन्छ।’

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा बिना कानुनी आधार नियन्त्रणमा राखिएकालाई तत्काल रिहा गर्न माग गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रही पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि सदैव प्रतिबद्ध रहेको जनाएको छ।

शुक्रबार प्रहरीले ‘नेपाल प्रेस’मा कार्यरत पत्रकार विश्वमणि सुवेदी, ‘डीएनखबर’का पत्रकार धीरज बस्नेत र ‘मोटिभेट न्युज’का पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको छ। उता, ‘नयाँ पत्रिका’ दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरीहरू सोही कार्यालयभित्रै पुगेर अडान लिई बसेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार