कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

दुवै देशका साहित्यकारका योगदान तथा साहित्यिक कृतिको अनुवाद र प्रवर्द्धनका विषयमा विचारविमर्श वृद्धि हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठान र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली तथा चिनियाँ साहित्यबीचको सम्बन्ध, साहित्यिक योगदान र सांस्कृतिक आदानप्रदानका विषयमा आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विश्वप्रसिद्ध चिनियाँ साहित्यकार लु सुनका नाति एवं लुसुन कल्चरल फाउन्डेसनका अध्यक्ष झोउ लिङफेईको नेतृत्वमा १५ सदस्यीय टोली हाल नेपाल भ्रमणमा रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र चीनबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोे बताउनुभयो ।

देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौडेलले नेपाली र चिनियाँ साहित्यको ऐतिहासिक सम्बन्ध, दुवै देशका साहित्यकारका योगदान तथा साहित्यिक कृतिको अनुवाद र प्रवर्द्धनका विषयमा विचारविमर्श वृद्धि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुवै पक्षका साहित्यकारबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार