कार्तिक १५, २०८३ आइतबार November 1, 2026

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व संकलन

धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व संकलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० संकलन गरेको हो ।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व संकलन भएको जानकारी दिइन् । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उनले जानकारी दिइन् ।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व संकलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन्। उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व संकलन भएको हो ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन् । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार