कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ ।

बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजत पत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग तथा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई पत्राचार गरिएको विभागले जनाएको छ ।

विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा जारी अनुमति र सर्तको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ । अनुमति उल्लङ्घन गर्ने र सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेमाथि कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार