कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

२,८२०.५०० के.जी.प्रतिबन्धित लागुऔषध गाँजा बरामद

७ हजार ८ सय २६ केजी ८ सय ग्राम गाँजा सशस्त्र प्रहरीको फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको बेलका नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बिहीबार राती १० बजे बेवारिसे अवस्थामा लुकाएर राखिएको २ हजार ८ सय २० किलो ५ सय ग्राम अबैध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार १९ गते राती अन्दाजी १०ः०० बजे इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार जिल्ला उदयपुर, बेलका नगरपालिका वडा नं।७ स्थित तिलितलेमा बेवारिसे अवस्थामा लुकाई – छिपाई राखिएको ८५ वटा बोरामा रहेको २,८२०.५०० (दुई हजार आठ सय बीस के.जी पाँच सय ग्राम) प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । उक्त बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा ल्याई राखिएको साथै, यसमा संलग्न व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्मरण रहोस् कि यस अघिार्तिक १५ गते बेलका नगरपालिकाकै वडा नं ९ बाट ७ हजार ८ सय २६ केजी ८ सय ग्राम गाँजा सशस्त्र प्रहरीको ५ नं हेडक्वाटर त्रियुगा उदयपुरले ट्रकसहित बरामद गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया