काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गर्नुभएको छ ।
उहाँले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो । तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया