काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४ रुपैयाँ ४९ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १० पैसा तोकिएको छ ।
त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।
वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया