श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्थानीयले जग्गाको स्वामित्व दाबी गरेपछि कालमोचनघाट पुनर्निर्माण अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारी जग्गामा स्थानीय एक व्यक्तिले स्वामित्व दाबी गरेपछि काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कालमोचन घाट पुनर्निर्माणको काम रोकिएको छ । पुनर्निर्माण भइरहेको क्षेत्रको दुई पैसा जग्गा स्थानीय एक व्यक्तिले दाबी गरेका छन् ।

थापाथली पुलको मुखैमा एउटा दुईतले घर छ । पुनर्निर्माणको काम त्यही घरमा पुगेपछि रोकिएको हो । खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुंगाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इँटाको पर्खाल भेटिएको छ । त्यही संरचनामाथि घर बनाएको पाइएको छ । वडाध्यक्ष हीरालाल तण्डुकार भन्छन्, ‘यो जग्गा व्यक्तिको हुने कुनै आधार देखिँदैन, आधार प्रमाणले जग्गा सार्वजनिक भएको पुष्टि हुन्छ ।’

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती नदीकिनार सुधार परियोजनाअन्तर्गत पुनर्निर्माण जारी छ । सोही क्रममा सरकारी जग्गा व्यक्तिले दाबी गरेपछि काम रोकिएको वडाध्यक्ष तण्डुकारले बताए ।

वडाध्यक्ष तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारीले आइतबार स्थलगत अवलोकन गरेका छन् ।

‘थापाथली पुल बनाउँदा त्यसको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाएको देखिन्छ, त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको थियो, स्तम्भ कहिले र किन सम्भार गरिएन भन्ने खोजीको विषय हो,’ वडाध्यक्ष तण्डुकारले भने । त्यहाँ कित्ता नम्बर १८८ अन्तर्गत २९ रोपनी सरकारी सार्वजनिक जग्गा छ, जहाँ विगतमा वैरागी र सन्न्यासीहरूको अखाडा रहेको अभिलेख भेटिएको गुठी संस्थानका उपप्रशासक थपलियाले बताए । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार