काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको छ।
आज अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा रहेको छ। यसैगरी, युरो एकको खरिद दर १६८ रुपैयाँ ४१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) दिरहम एकको खरिद दर ४० रुपैयाँ ८४ पैसा र बिक्री दर ४१ रुपैयाँ कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्री दर २०२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया