काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, बुडोलडाँडामा दुई वटा बस एकआपसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्।
बिहीबार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी घाइते भएका २५ जनामध्ये २१ जनाको बनेपास्थित शीर मेमोरियल अस्पतालमा र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
शीर मेमोरियल अस्पतालमा उपचार भइरहेका घाइतेहरूमा बनेपा नगरपालिका–३ का ५८ वर्षीय दुर्गा सिमथान, भुम्लु गाउँपालिका–१ का ४० वर्षीय मनिष पहरी, बनेपा–५ की २६ वर्षीया उर्मिला महत र उनका छोरा ११ वर्षीय युसन बुर्जा, खोटाङको दिक्तेलकी ५५ वर्षीया देवकी निरौला तथा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ का १६ वर्षीय छिरिङ लामा रहेका छन्।
त्यसैगरी, सोही अस्पतालमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ की २० वर्षीया दिपा कुँवर, बाह्रबिसे (साँगाचोक) नगरपालिका–१२ की ४० वर्षीया कल्पना खत्री, सुनकोशी–५ का ४० वर्षीय पाम्देल लामा, लिसंखुपाखर–३ की ४१ वर्षीया राममाया तामाङ, सुनकोशी–४ का २६ वर्षीय अभिनाश खड्का, सुनकोशी–६ की ४१ वर्षीया संगिता कार्की र उनका छोरा ८ वर्षीय आरोब बुढाथोकीको उपचार भइरहेको छ। शीर अस्पतालमै उपचाररत अन्य घाइतेहरूमा सुनकोशी–६ की ३४ वर्षीया आसा सापकोटा, सुनकोशी–१ का ५० वर्षीय एकबहादुर खत्री, भुम्लु–५ की ६० वर्षीया कान्छी खरेल, सुनकोशी–८ की ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठ, काठमाडौंकी ५५ वर्षीया मानकुमारी शाह, हरिहरपुरगढी (सिन्धुली) की ३३ वर्षीया सबिना खड्का, धुलिखेल–८ का १४ वर्षीय असिम पन्त र उनकी १० वर्षीया बहिनी अस्मी पन्त रहेका छन्।
यसैगरी, धुलिखेल अस्पतालमा काभ्रेको भुम्लु गाउँपालिका–८ की ३८ वर्षीया सबिना खड्का, सोही ठाउँकी १६ वर्षीया सानिया खड्गी, पाँचखाल नगरपालिका–१० का १६ वर्षीय रोहन आचार्य र दोलखाको मेलुङ गाउँपालिका–१ की १६ वर्षीया सुनिता थपलियाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले दुवै बसका चालकहरू बा ३ ख ५०६४ नम्बरका चालक काभ्रेको चौरीदेउराली गाउँपालिकाका ३० वर्षीय सुरज गौतम र बा ५ ख २९७ नम्बरका चालक रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ का २९ वर्षीय देवकुमार सुनुवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया