कार्तिक २८, २०८३ शनिबार November 14, 2026

परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन् । परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कोगटी खेतीमा सक्रिय भएका हुन् ।

अरुण गाउँपालिका–६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कोगटी खेती बढी हुने गरेको छ । ती क्षेत्रका २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कोगटी खेती गर्दै आएका छन् । वडाले पनि परम्परागत रूपमा गर्दै आएको कोगटीबाट कपडा बनाउने तथा खेती प्रणालीलाई संरक्षणमा जोड दिएको उहाँको भनाइ छ ।

कोगटीबाट तयार गरिएको हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित भएका छन् । अरुण गाउँपालिकाका किसान देवकुमार राईले कोगटीबाट तयार गरिएको एक थान दौरा सुरुवालको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने बताउनुभयो । कोगटीको हातले तयार गरिएको दौरा सुरुवालको बढी माग हुने गरेको उहाँको भनाइ छ ।

यस खेतीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको राईले जानकारी दिनुभयो । “कोगटी खेती हाम्रो आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “लोप हुँदै गएको कोगटी खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ ।”

कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ । उत्पादित धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा तयार गरिन्छ । स्थानीयस्तरमा उत्पादन हुने कोगटीका कपडाको बजारमा माग राम्रो रहेको कृषक दर्जकुमार राईले बताउनुभयो । उहाँका अनुसार किसान यो क्षेत्रमा समूह गठन गरेर सामूहिक कोगटी खेती गर्दै आएका छन् ।

कोगटी खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै जनाएको छ । कोगटीबाट उत्पादित धागोको प्रयोग गरी हातबाट कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालनसँगै किसानलाई आवश्यक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो ।

परम्परागत कोगटी खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार