काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। पछिल्लो २४ घण्टा (आइतबार बिहानसम्म) उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित तथा विशेष जाँचका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउने १६६ जना चालक रहेका छन्। यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७२, ट्राफिक लाइट (रातो बत्ती) को उल्लंघन गर्ने ५३ र सिसिटिभी निगरानीमार्फत नियम मिच्ने २७ चालकलाई कारबाही गरिएको छ।
यसैगरी, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १२, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने १२, एकतर्फी बाटो (वान वे) उल्लङ्घन गर्ने २ र अन्य विभिन्न ट्राफिक नियम मिच्ने २१४ चालकलाई कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया