काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले घटेर तीन हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला तीन हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया