कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

प्राग, कात्तिक ३० गते । सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् ।

सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्वसन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे । आयोजक मिकुलास मिनारले यसलाई आन्दोलनको सुरुआत मात्र भएको बताउनुभयो ।

सरकारले नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको सट्टा सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम दिने प्रस्ताव गरेको छ । तर, यसबाट उनीहरूको बजेट करिब १५ प्रतिशत घट्ने र कर्मचारी कटौती तथा कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । आलोचकहरूले यसले सरकारको सञ्चारमाध्यममाथिको नियन्त्रण बढाउने बताएका छन् ।

विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४:३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको छ । सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडताल गर्नुका साथै श्रमिक सङ्गठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम संस्थाले आन्दोलनलाई समर्थन गरेका छन् । युरोपेली संसद्मा समेत यस विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री बाबिसले भने योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गर्दै त्यसलाई अघि बढाउने बताउनुभएको छ । प्रदर्शनकारीले सरकारको रक्षा नीतिको पनि विरोध गर्दै रुससमर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन् ।

आयोजक मिनारले रुससमर्थक दलका कारण देशको रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार