मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पश्चिमी वायुको प्रभावः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो

तराई र उपत्यकामा हुस्सु–कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया