जनकपुर । मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्।
मन्त्री मेहताले आज जनकपुरधामस्थित मधेश विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो । साथै, विभिन्न निकायमा देखिएका व्यवस्थापकीय कमजोरी र सेवा प्रवाहका समस्याबारे चासो व्यक्त गर्दै सुधारका लागि आवश्यक सुझावसमेत दिएका थिए।
स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सम्बन्धित पक्षसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरे। उनले अनुगमनका क्रममा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउन व्यवस्थापकीय सुधार तथा आवश्यक समन्वयमा जोड दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया