मंग्सिर २, २०८३ बुधबार November 18, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

आज राति कोशी, मधेस लगायत यी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर कति पुग्यो ?
२०८३ मंग्सिर २, बुधबार
यस्तो छ आजको मौसम पूर्वानुमान
२०८३ मंग्सिर २, बुधबार
आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर २, बुधबार
स्थानीय तहका प्रवक्ता नै सूचनाबारे बेखबर
२०८३ मंग्सिर २, बुधबार
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार