काठमाण्डौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। सुन तोलामा १२ हजार ४०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया