मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

आज दिउँसो लुम्बिनी लगायत यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशको तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

आइतबार पनि देशका हिमाली क्षेत्र र कोशी प्रदेशका तराईका केही स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया