काठमाण्डौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार प्रतिगमनतिर दौडिरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले बुधबार सामाजिक संञ्जालमार्फत टुवीट गर्दे अब सबैले सोच्नुपर्ने बेला आएको बताए । उनले ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको टिप्पणी समेत गरे ।
सत्तारुढ नेकपाभित्रको किचलको रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको उनको भनाइ छ ।
नेकपा भित्रको अहिलेको लडाँई अग्रगमन र पश्चगमन बीचको लडाँइ भएको उनको तर्क छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया