मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

प्रेस स्वतन्त्रताको पक्षमा उभिन रास्वपा नुवाकोटलाई पत्रकार महासंघको ६ बुँदे ज्ञापनपत्र

प्रेस स्वतन्त्रता संकटमा परेको भन्दै रास्वपा नुवाकोटसँग पत्रकार महासंघको ऐक्यबद्धता माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट, मंसिर १३ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सञ्चार क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटलाई ज्ञापनपत्र बुझाएको छ।

May be an image of one or more people and textमहासंघले लोकतान्त्रिक शासन व्यवस्थाको आधारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पछिल्लो समय सरकारी हस्तक्षेप र नियन्त्रणमुखी गतिविधि बढेको भन्दै आपत्ति जनाएको हो । समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड, सञ्चारमाध्यम तथा समाचार कक्षमा हस्तक्षेप र प्रेस स्वतन्त्रता प्रभावित गर्ने कानुन तथा अध्यादेश ल्याउने प्रयास भइरहेको महासंघको भनाइ छ।

‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने अभियानसहित चरणबद्ध दबाबमूलक कार्यक्रम गरिरहेको महासंघले रास्वपाबाट समेत प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र सशक्त भूमिका अपेक्षा गरेको जनाएको छ।

May be an image of one or more people and textज्ञापनपत्रमार्फत महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेप रोक्न, पत्रकारमाथिको धरपकड अन्त्य गर्न, श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न तथा सञ्चारमाध्यमलाई नियन्त्रण र आतंकित पार्ने सरकारी रवैया अन्त्य गर्न माग गरेको छ।

त्यस्तै, प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै ‘प्रेस काउन्सिल सम्बन्धी अध्यादेश’ तत्काल खारेज गर्न र स्वतन्त्र प्रेसको पूर्ण सम्मान तथा संवर्द्धन गर्न पनि महासंघले माग गरेको छ।

May be an image of one or more people and textआम नागरिकको सुसूचित हुने अधिकार तथा पत्रकार र सञ्चारमाध्यमको हकहित संरक्षणका लागि रास्वपाले स्पष्ट अडानसहित ऐक्यबद्धता जनाउने विश्वास महासंघले व्यक्त गरेको छ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका अधिवेशन हुन बाँकी जिल्ला-प्रदेशमा निर्वाचन कार्यतालिका सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
प्रेस स्वतन्त्रताको पक्षमा उभिन रास्वपा नुवाकोटलाई पत्रकार महासंघको ६ बुँदे ज्ञापनपत्र
२०८३ मंग्सिर १३, आइतबार
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत तथा सम्मान
२०८३ मंग्सिर १३, आइतबार
शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिनुपर्छ : संयोजक प्रचण्ड
२०८३ मंग्सिर १३, आइतबार
‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’ : मुख्यमन्त्री शाही
२०८३ मंग्सिर १३, आइतबार
लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री
२०८३ मंग्सिर १३, आइतबार
‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : वरिष्ठ उपसभापति शर्मा
२०८३ मंग्सिर १३, आइतबार