असार ३२, २०८२ बुधबार July 16, 2025

झापामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५८ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः झापामा कोरोना भाईरस महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ।

कार्यालयको तथ्याङ्‍कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्‍कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन्। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले बताए।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ। दमकमा ५५८ कोभिड-१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन्।

पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाइँले बताए।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया