काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
दाहालले शुक्रबार अपरान्ह ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
बिहीबार मात्रै दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया