काठमाण्डौंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै उनले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख उल्लेख गरे ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सरकारको नियत गलत रहेको बताए ।
गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया