काठमाण्डौंः प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
प्रदेश १ को सामाजिक बिकास मन्त्रालयको तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र निरौलाका अनुसार प्रदेश १ का विभिन्न अस्पतालमा उपचार गराई रहेका १२ जना र झापा र धनकुटामा होम आईसोलेसनमा रहेका ४ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा ५, विराट नर्सिङ होममा १, न्युरो अस्पतालमा १ जना , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।
त्यस्तै झापामा होम आईसोसनमा बसेका ३ जनाको मृत्यु भएको छ । धनकुटामा पनि होम आईसोलेसनमा बसेका १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाका अजर्नुधारा नगरपालिका, भद्रपुर नगरपालिका , कचनवल गाउँपालिका र धनकुटा नगरपालिकाका १ जना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया