मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

हेटौंडाका कोरोना संक्रमितको चितवनमा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ का ४९ वर्षीय पुरुषको गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालले बताएका छन ।

उनमा हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखामा यही कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको जनाकारी दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया