काठमाण्डौंः चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। रुघाखोकी तथा ज्वरो आएपछि पिसिआर विधिबाट परीक्षण गरिँदा उनको रिपोर्ट पोजिटिभ आएको हो।
डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।
“केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भनेका छन्, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।”
रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। डा. केसी केशीको थप स्वास्थ्य परीक्षणको काम भइरहेको बताईएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया