श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुर्खेतमा चारवटा अस्पतालको शिलान्यास हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सरकारले सुर्खेतमा चार वटा अस्पतालको शिलान्यास गर्ने भएको छ ।

सरकारले सर्खेत जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २, अन्तर्गतका चार वटा स्थानीय तहमा चार वटा आधारभूत अस्पतालको एकैचोटी शिलान्यास गर्न लागेको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तपेन्द्र विसीले यही मंसिर १२ गते जिल्ला सदरमुकाम वीरेन्द्रनगर–९, लाटिकोइली अस्पताल र पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डीचौर अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले नयाँ संरचना अनुसार प्रत्येक स्थानीय तहमा एउटा आधारभूत सरकारी अस्पताल निर्माण गर्ने लक्ष्य अनुरुप मंसिर १३ गते चौकुने गाउँपालिका–४, बिजौरा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाउनुभयो । उहाँका अनुसार मंसिर १४ गते पञ्चपुरी नगरपालिका–२, साल्कोट अस्पतालको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

ती चार वटै अस्पतालको शिलान्यास नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतबाट गरिने कार्यक्रम तय भएको स्वकीय सचिव विसीले जानकारी दिनुभयो ।

उहाँले १५ शैयाको विशेषज्ञ डाक्टरसहितको सेवा रहने ती अस्पताल अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताउनुभयो । संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरिएको छ ।

गम्भीर खालका रोगहरुको विशेष उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्नका लागि सरकारले एउटा स्थानीय तहमा एउटा अस्पताल अनिवार्य बनाउने योजना अघि सारेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार