श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना सङ्क्रमण पुष्टी – कूल सङ्क्रमितको संख्या ११ हजार ४७२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड-१९ का शङ्कास्पद ६५४ जनाको नमूना परीक्षण गरिँदा १९५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बझाङ ,डडेलधुरा, दार्चुला, र डोटी जिल्लाका छन् । दुई दिनमा विभिन्न जिल्लाका शङ्कास्पद ८२५ जनाको नमूना सङ्कलन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार दुई दिनयता थपिएका सङ्क्रमित आजसम्म प्रदेशमा कूल सङ्क्रमित ११ हजार ४७२ पुगेका छन् । हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६११ जना डिस्चार्ज भएका छन् । अहिले सम्म ३९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए ।

“जाडो मौसममा ‘भाइरल इम्फेक्शन’ को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ”, उनले भने, “पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।”

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार