श्रावण १, २०८२ बिहिबार July 17, 2025

कोरोना उपचारमा दोहोरो शुल्क नलिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन अस्पतालहरुलाई पुनः चेतावनी दिएको छ।

मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले कोभिड उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राही तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दुवै तर्फबाट शुल्क लिएको पाइएको भन्दखै उक्त चेतावनी दिएको जनाएको थियो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी अनुगमन गरी कारबाहीका लागि केस व्यवस्थापन कार्यदलले अत्यावश्यक काम गर्ने जानकारी दिए।

साथै खोपको प्राविधिक नोट तयार गरी आगामी बुधबारसम्म इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकमा स्वास्थ्य सेवा विभागले प्रस्तुत गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

सबै प्रदेशमा उच्चस्तरीय सेवा व्यवस्थापन तथा एम्बुलेन्स व्यवस्थापन समिति, केस इन्भेस्टिकेसन तथा कन्ट्याक्ट समिति, सूचना तथा जोखिम सञ्चार समन्वय समिति, प्रदेशस्तरीय मेडिकल टास्क फोर्स बनाएर काम गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार