श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्वास्थ्य राज्यमन्त्री नवराज रावतद्धारा तिलामा १० श्ययाको अस्पतालको शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जुम्लाको तिला गाउँपालिका–३ मा १० श्यया अस्पतालको शिलान्यास गरिएको छ । एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताएका छन् । “स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ”, उहाँले भन्नुभयो, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ ।” अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताउनुभयो । रु १० करोड लागतमा सो अस्पताल निर्माण गरिने भएको छ ।

आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल र तिला गाउँपालिकामा १० श्यया अस्पताल निर्माण हुँदैछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार