काठमाण्डौंः कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साँढे ८ महिनापछि खुला गरिएको छ।
न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराइले बताए। लुम्बिनी परिषर प्रवेशका ९ वटै ढोका मंसिर ३ गतेदेखि खोलिएको थियो। तर मायादेवि मन्दिर भने आइतबारदेखि खुला गरिएको हो।
पर्यटक प्रवेशका लागि मायादेवि मन्दिर पनि खुला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकीय चहलपहल सुरु भएको छ। अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा यो संख्या निकै न्युन हो।
गत वर्ष मंसिरमा दैनिक ८/९ हजारका दरले पर्यटक लुम्निबी पुग्थे। आन्तरिक पर्यटकको आगमन सुरु भएपनि बाह्य मुलुकका पर्यटक आएका छैनन्। छिटपुट भारतीयहरु नेपालमा हुने आफन्तसंगै घुम्न आएपनि उनीहरुले आफ्नो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया