काठमाण्डौंः पछिल्लो २४ घण्टामा आज देशभर १,३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १,६२१ जना कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २,४३,३७७ जनामा कोरोना पुष्टि भएको छ भने सक्रिय संक्रमित १२,६८६ जना रहेका छन् ।
साथै आज देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म १,६३७ जना कोरोना संक्रमितको मृत्यु भएको जनसंख्या मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया