श्रावण १, २०८२ बिहिबार July 17, 2025

मोरङमा थप तीनजना कोरोना संंक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङमा बिहिबार थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा झापा, मोरङ र सुनसरीका पुरुष रहेका छन् । होम आइसोलेसनमा बसेका र उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृतकमा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार ल्याइएकोमा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको व्यवस्थापक नारायण दाहालले बताए ।

यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएकोमा राति ९:५० बजे मृत्यु भएको  थियोे ।

यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको हो । दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा परिवारका सदस्यले लगेकोमा बुधबार राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया