काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा थप दुई कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप दुई संक्रमित महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा कैलालीकी ५५ वर्षीया र ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । हालसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया