श्रावण १, २०८२ बिहिबार July 17, 2025

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। श्यामराज उप्रेतीले कोभ्याक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दैछ ।

‘हामीले कोभ्यासबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १.६ डलरदेखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभ्याक्स सुविधाअन्तरगत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’

कोभ्याक्सले नेपाललगात अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार