काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म जम्मा संक्रमितको संख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९४७ रहेको छ। हालसम्म दुई लाख ४० हजार ३६३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक हजार ७४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया