काठमाण्डौंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता प्रभाबशाली नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
विप्लवका पश्चिम कमाण्ड ईन्चार्ज तथा विदेश विभाग प्रमुख समेत रहेका बाँस्तोला ललितपुर स्थित दुर्गम क्षेत्रबाट बुधबार पक्राउ परेको प्रहरीका उच्च अधिकारीले पुष्टि गरेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार उनी ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् । बास्तोला पार्टीको सचिवालय सदस्यसमेत हुन् । बास्तोलासँगै खड्ग बहादुर बिकका सहयोगी विवेक कुमाल पनि पक्राउ परेका छन् । उनीहरुलाई राजधानी ल्याउने तयारी भईरहेको बतईएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया