असार २३, २०८२ सोमबार July 7, 2025

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन बनेको हो ।

सूर्योदय एजुकेसन फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फको फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ अङ्कले पराजित ग¥यो । सो स्पर्धामा भीएस निकेतन क्याम्पियनलाई १९–१२ अङ्कले हराउँदै तेश्रो भयो । पहिलो हुनेले रु २० हजार, दोश्रोले रु १० हजार र तेश्रोले रु पाँच हजार पुरस्कार प्राप्त ग¥यो । यस्तै गल्र्सतर्फको उपाधि जितेको भीएस निकेतनले सूर्योदय ‘बी’लाई १९–१४ अङ्कले हरायो ।

साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ले सूर्योदय ‘ए’लाई १४–१० अङ्कले पराजित गरेको थियो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः रु १५ हजार, रु आठ हजार र रु चार हजार पुरस्कार प्राप्त गरे । ब्वाइजतर्फ टिम रावतका सम्राट भूमि तथा गल्र्सतर्फ भीएसकी अनिता सुनुवार ‘मोस्ट भयालुएबल प्लेयर’ घोषित हुनुभयो ।

ब्वाइजतर्फ भीएसका राजीव आले तथा गल्र्सतर्फ सूर्योदय ‘ए’की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बन्नुभयो । उहाँहरुले जनही रु दुई हजार पुरस्कार प्राप्त गर्नुभयो । विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उपकप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए)का प्रबन्ध निर्देशक सुशिल थापालगायतले पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही रु १० हजारसहित सम्मान गर्नुभएको हो । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बास्केटबलमा नेपालले पुरुषमा कास्य तथा महिलामा रजत पदक प्राप्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार