श्रावण ५, २०८२ सोमबार July 21, 2025

“चुनाव हात्तीको देखाउने दाँत मात्रै हो,” – डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूलो तानाशाह भएको आरोप लगाएका छन् ।

कैलालीको टीकापुरमा बुधबार आयोजित सरकाविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रतिनिधि सभा विघटन गरेर ओली तानाशाहीका रुपमा उदाएको बताए ।

“पूर्वराजा विरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन्,” उनले भने, ओलीले अदालत, सेना, प्रहरीलगायतमा आफ्ना मान्छे भर्ती गरेर ‘सेटिङ’ मिलाएका छन् । अदालतमा १५ वर्षसम्म ओलीका मान्छे रहने गरि अहिले नै ‘सेटिङ’ भइसकेको छ ।”

उनले प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउनै नचाहेको दाबीसमेत गरे । “चुनाव हात्तीको देखाउने दाँत मात्रै हो,” डा. भट्टराईले भने, “चुनाव हुन्छ भन्ने भ्रममा हामी कोही पर्नु हुँदैन ।”

भट्टराईले २०७२ भदौ ७ गते टीकापुरमा भएको घटना राजनीतिक घटना भएको दाबी गर्दै टीकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्नेमा जोड दिए । उनले कैलाली क्षेत्र नं. १ बाट विजयी सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोपसमेत लगाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार