श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनामा पिसिआर परिक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ।

पछिल्लो २४ घण्टामा ३८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट शनिबार थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार