काठमाडौंः गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा एसी मिलान पराजित भएको छ । निकै प्रतिस्प्रधात्मक बनेको उक्त खेलमा एसी मिलान एटलान्टासँग ३–० गोलले पराजित भएको हो ।
उक्त खेलमा एटलान्टाका लागि क्रिस्टियन रोमेरो, जोसेप इलिसिस र डुभान जापटाले एक एक गोल गरे । खेलको १५औं मिनेटमा रोमेरोले गोल गरी एटलान्टालाई अग्रता दिलाए ।
त्यसपछि खेलको ५३औं मिनेटमा जोसेपले र ७७औं मिनेटमा डुभानले गोल गरी एटलान्टालाई जित दिलाए ।
जितसँगै एटलान्टा ३६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने पराजित भएको मिलान १९ खेलबाट ४३ अंक जोड्दै शीर्षस्थानमा नै रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया