श्रावण १, २०८२ बिहिबार July 17, 2025

कोभिडविरुद्धको खोप स्याङ्जा, बागलुङ र जुम्ला पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड–१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।

सरकारले जिल्लाका लागि पठाएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।

बलेवाः गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ पठाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायत जिल्लामा आज नै खोप पुगेको छ । प्रजिअलाई बुझाइएको खोप स्वास्थ्य कार्यालयले सुरक्षित गरेका छन् ।

प्रदेश सरकारले बागलुङका लागि पठाएको एक हजार ९९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप आज सहायक प्रजिअ उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गर्नुभयोे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप सुरक्षितरुपमा ल्याएको थियो ।

जुम्लाः कर्णाली प्रदेशका लागि कोरोनाविरुद्धको ११ हजार ७८० मात्रा खोप आइपुगेको छ । मागका आधारमा सो मात्रा प्रदेशमा आइपुगेको हो ।

खोप कार्यान्वयनमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसम्बद्ध निकायबीचको समन्वयमा खोप पठाइएको हो । अहिले खोप कर्णाली प्रदेशको नेपालगञ्जमा रहेको मेडिकल स्टोरमा राखिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयका चिकित्सक रबिन खड्काका अनुसार प्रदेशका खोप आइपुगेको छ । “मङ्गलबारदेखि कर्णालीका १० जिल्लामा पठाइने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जिल्लामा तीन हजार मात्रा खोप मङ्गलबार आइपुग्ने छ । आइपुगेको एक-दुई दिनमा खोप लगाउने तयारी गरिएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार