काठमाण्डौः पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको पिसिआर परीक्षण गर्दा थप १७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार २८९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २५९ सङ्क्रमित निको भएर घर फर्किएका छन् हालसम्म २ लाख ६६ हजार ८५९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या २ हजार ३० पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया