श्रावण ३, २०८२ शनिबार July 19, 2025

कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदी बन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामकर्मीलाई उक्त खोप लगाइएको हो ।

कारागारमा सुरक्षाकर्मी र कैदी बन्दी गरी टोटल ८४ जना राखिएको भए पनि चार जना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेका थियौँ तर चार जना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ, उनीहरुलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।”

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदी बन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले यहाँका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । कम्तीमा पनि ६ दिन भित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार