श्रावण ४, २०८२ आइतबार July 20, 2025

देशभर थप १०५ जनामा कोरोना संक्रमण – थप दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । थप दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ८८ हजार ३७२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २७२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ । हाल देशभर दुई हजार १०८ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ सङ्क्रमित आईसीयूमा तथा १३ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश नं १ को झापामा एक, तेह्रथुममा एक, मोरङमा एक र सुनसरीमा एक, प्रदेश नं २ को रौतहटमा एक, वाग्मती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा एक, चितवनमा पाँच, धादिङमा एक, भक्तपुरमा तीन र ललितपुरमा १२, गण्डकी प्रदेशको कास्कीमा नौ, नवलपरासीपूर्वमा एक र लमजुङमा एक, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, दाङमा सात, पाल्पामा तीन, प्युठानमा एक, बर्दियामा दुई र रुपन्देहीमा चार कर्णाली प्रदेशको सुर्खेतमा एक तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक र कैलालीमा दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप दुई जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
२०८२ श्रावण ४, आइतबार
हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप
२०८२ श्रावण ४, आइतबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण ४, आइतबार
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार