जेठ ५, २०८१ शनिबार May 18, 2024

चितवनमा ५६ कुष्ठरोगी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन । ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उहाँको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उहाँले बताउनुभयो । द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक बर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।

कुष्ठरोगीहरुको जिविको पार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भईरहेको जानकारी दिइयो । यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले वताउनुभयो । सो संख्या घट्दो क्रममा रहेको छ ।

कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरिरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया