श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि – देशभर सक्रिय सङ्क्रमितको संख्या १ हजार ९५९ मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरी कूल ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै उपचारपछि निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ । नेपालमा निको हुने दर भने ९८ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर एक हजार ९५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९५ जना क्वारेन्टिनमा र एक हजार ९५९ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ९१ हजार १६६ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३५ पुगेकोे मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार