जेठ ६, २०८१ आइतबार May 19, 2024

नेपालमा थप ११२ जनामा कोरोना सङ्क्रमणपुष्टि – २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बिहिबार थप ११२ जनामा कोरोना भाईरस सङ्क्रमणपुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ११ पीसीआर परीक्षण गर्दा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया